अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवाबाट अवैध औषधि बरामद

रसुवाबाट अवैध औषधि बरामद


रसुवा – अवैध औषधिसहित एक जनालाई रसुवा प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–३ बस्ने ३१ वर्षीय प्रकाश बस्नेत रहेका छन् ।

चिनियाँ ब्रान्डको ‘इङवेन सिआनाङ’ नामक ४९० बट्टा अवैध रूपको औषधिसहित निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । भन्सार परीक्षण भई सिलबन्दी गरेको ना६ख ३८१३ नं कन्टेनर डिब्बाको चालक सिट पछाडि राखी लुकाई छिपाई ल्याएको अवस्थामा धुञ्चे प्रहरी चेक पोइन्टले  पक्राउ गरको बताइएको छ ।

बरामद भएको रु.दुई लाख ५९ हजार ७०० बराबरको औषधिसहित निज बस्नेत उपर कानुनी प्रक्रिया अगाडि बढाउन आज रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको प्रहरीले जनाएको छ । कोरोना सङ्क्रमणका कारण नाकामा आउजाउ नै बन्द रहेको अवस्थामा कसरी अवैध रूपको चिनियाँ औषधि आयो र कहाँ को संलग्न छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।