अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँमा करेन्ट लागेर वृद्धको मृत्यु

तनहुँमा करेन्ट लागेर वृद्धको मृत्यु


तनहुँ – तनहुँको ऋषिङ गाउँपालिका-८ मा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७० वर्षीय दलबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अजम्बरी वनमा रहेको विद्युत्को पोलमा छुँदा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

बिहान घाँस काट्नका लागि वनमा गएका रानाले विद्युत् सर्ट भएको पोलमा छुँदा घटना घटेको प्रहरीले जनाएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का घटनास्थल पुग्नुभएको छ ।