अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरहामा बञ्चरो प्रहार गरी बाबुले गरे छोराको हत्या

सिरहामा बञ्चरो प्रहार गरी बाबुले गरे छोराको हत्या


सिरहा-सिरहामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । ३० वर्षीय प्रमेश्वर सदायलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा सखुवानान्कारकट्टी गाउँपालिका–२ पट्ना बस्ने ६० वर्षीय सोनाई सदायलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा सोनाईले आफ्नै छोरालाई बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।  मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।