अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परिवारको घट्दो आकार,एक परिवारमा करिब ४ जना मात्र

परिवारको घट्दो आकार,एक परिवारमा करिब ४ जना मात्र


काठमाडौं -नेपालीको परिवारसंख्या कत्रो होला ?सामान्तया ठूलो परिवारमा बस्ने हाम्रो संस्कार र प्रचलन अब बदलिएको छ । २०७८ सालको जनगणनाले एक परिवारमा सालाखाला चार जनाको मात्र बसोबास रहने गरेको देखाएको छ ।
आज केन्द्रीय तथ्यांक विभागले सावर्जनिक गरेको तथ्यांक अनुसार नेपाली परिवारको औषत संख्या ४.३२ जना देखाएको छ । अघिल्लो जनगणनामा यो संख्या ४.८८ थियो । सहरी क्षेत्रमा परिवारको आकार औषत भन्दा पनि सानो देखिएको छ । जहाँ एक परिवारमा ४.२ जना मानिसहरु बस्छन् भने ग्रामिण क्षेत्रमा ४.५५ जना मानिसहरु बसोबास गरिरहेका छन् ।
भौगोलिक क्षेत्र अनुसार पहाडमा जनसंख्याको आकार सहरको भन्दा सानो देखिन्छ । जहाँ एक परिवार ३.९५ जना,हिमालमा ४.२७ र तराईमा ४.६५ जना मानिसहरु एउटा परिवारमा बसोबास गर्दछन् ।