अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरी कार्यालय मुगुमा थुनुवा भरिभराउ

प्रहरी कार्यालय मुगुमा थुनुवा भरिभराउ


मुगु – मुगुमा पछिल्लो समय विभिन्न प्रकारका घटनाहरु वृद्धि हुँदै जाँदा घटनामा संलग्न प्रतिवादीहरु पक्राउ पर्ने क्रम जारी छ । 

जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा १४ जना थुनुवा छन् ।  साँघुरो थुनुवा घरमा १४ जना हिरासतमा रहँदा भरिभराउ देखिएको छ ।  अधिकांश थुनुवा लागुऔषध कारोबारीमा संलग्न रहेका छन्  ।

दैनिक थुनुवा थपिरहँदा २०२२ सालमा स्थापना भएको भवनबाटै सेवा प्रवाह गरिएको छ । तर, जिल्ला प्रहरी कार्यालयको नयाँ भवन बनिसकेको भए पनि त्यसबाट सेवा प्रवाह भएको छैन ।