अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन राष्ट्रिय निकुञ्जमा फेरि अर्को गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा फेरि अर्को गैँडा मृत फेला


चितवन – चितवन राष्ट्रिय निकुञ्जको सुरुङ खोलामा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको  टाइगर टप्स पूर्वमा पर्ने सुरुङ खोलामा जुधेर गैँडा मरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी १६/१७ वर्षको भाले गैँडा मरेको हो। अर्को गैँडासँग जुध्दा लखेटिएर भिरबाट खसेर खोलाको बगरमा गैँडा पुगेको थियो ।

गैँडाको खाग, खुर सुरक्षित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । योसँगै चालू आर्थिक वर्षमा निकुञ्जमा २३ गैँडा मरेका छन् । जसमध्ये दुई चोरी सिकारी, दुई मानवीय त्रुटि र १९ प्राकृतिक कारणले मरेका हुन् ।