अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देवदहमा भेटिएका शवको अझै पहिचान भएन

देवदहमा भेटिएका शवको अझै पहिचान भएन


रुपन्देही – रुपन्देहीको देवदहमा फेला परेका शवको अझै पहिचान हुन सकेको छैन । देवदह नगरपालिका-९ घोडाहास्थित पूर्वपश्चिम राजमार्गको दक्षिणपट्टि जङ्गलमा मङ्गलबार भेटिएको एक बालिका र महिलाको शवको अझै सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो ।

शवको प्रकृति हेर्दा हत्यापछि फालिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिए पनि सनाखत नहुँदा समस्या भएको प्रमुख केसीले बताउनुभयो । इलाका प्रहरी कार्यालय बुटवलको सूचनामा तराई मूलको जस्ते देखिने रातो ब्लाउज र रातो ज्याकेट लगाएकी अन्दाजी ३४/३५ वर्षीय महिला र पहेँलो छिर्केमिर्के सट, निलो पाइन्ट र रातो टोपी लगाएकी अन्दाजी छ/सात वर्षीय बालिकाको शवको सनाखत तथा परिवारको खोजी गरिदिन सहयोगका लागि सबैलाई आग्रह गरेको छ ।