अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनसंख्याको असमान वितरणले राजनीतिक समस्या ल्याउन सक्छ : प्रा.डा. गोविन्द सुवेदी

जनसंख्याको असमान वितरणले राजनीतिक समस्या ल्याउन सक्छ : प्रा.डा. गोविन्द सुवेदी


काठमाडौं -त्रिभूवन विश्व विद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. गोविन्द सुवेदीले जनसंख्याको असमान वितरणले राजनीतिक रुपमा समस्या आउनसक्ने बताउनुभएको छ ।
राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक नतिजाका बिषयमा प्रतिक्रिया दिंदै सुवेदीले सो कुरा बताउनुभएको हो । सुवेदीले तराई मधेसमा जनसंख्याको अध्याधिक चाप बढेका कारण संघीय तथा प्रदेश निर्वाचन क्षेत्र निर्धारणमा तराई हाबी हुने बताउनुभएको । भौगोलिक वितरणको आधारमा नेपालको जनसंख्या तराई मधेस केन्द्रित हुने संकेत गर्दछ । यसले जनसंख्याको क्षेत्रीय असन्तुलन बढ्दै जाने देखिन्छ । यसले प्रतिनिधीसभा तथाा प्रदेशसभाको निर्वाचन क्षेत्र निर्धारणमा पनि प्रभाव पार्नेछ ।
डा.सुवेदीले जनगणनाको नतिजाले नेपाली समाजका अरु केही आयामहरुलाई पनि खुलासा गरेको बताउनुभएको छ । उहाँका अनुसार नेपाल अब संयुक्त परिवार प्रणालीबाट एकल परिवार प्रणालीमा गएको उल्लेख गर्नुभएको छ । परिवारको आकार ४.२ जना हुनु र अघिल्लो जनगणना भन्दा परिवारको संख्या १० लाख थपिएर ५५ लाख पुग्नु त्यसैको परिणाम भएको उहाँको विष्लेषण छ ।
जनगणनाको नतिजाले सहरी जनसंख्या ६६ प्रतिशत देखिुन राम्रै भए पनि भोलीका दिन त्यो जनसंख्याले सहरी साँच्चिकै सहरी सुविधाको माग गरेमा राज्यले धान्न मुस्किल पर्ने उहाँको धनाइ छ ।
जनसंख्या वृद्धिलर ०.९३ प्रतिशतमा झर्नुलाई शिक्षा स्वास्थ्य ,महिलाको सामाजिक स्तरोन्नती आदि कारण भएको सुवेदीले बताउनुभयो । त्यसमा पनि युवाहरुको बाह्य बसाईसराई दर अर्थात वैदेशिक रोजगारीमा जाने दर उच्च भएका कारण जनम्दर घटेको उहाँले बताउनुभयो ।

आज प्रकाशित जनगणनाको प्रारम्भिक नतजिा अनुसार तराईमा ५३.६६,पहाडमा ४०.२५ र हिमालमा ६.०९ प्रतिशत जनसंख्या छ ।