अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते


इलाम – मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा बिहीबार भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट खस्दा दुई जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा झापाको मेचीनगर नगरपालिकाऔ४ का ५५ वर्षीय रमेश थापा र सोही स्थानका ४० वर्षीय सूर्यबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । रोङ गाउँपालिका-४ पहिरोमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा मेचीनगर नगरपालिका-४ का ३३ वर्षीय चालक अर्जुन कोइराला घाइते भएका छन् । उहाँको झापास्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।