अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नेता नरमेन्द्र लामाको मृत्यु

एमाले नेता नरमेन्द्र लामाको मृत्यु


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता नरमेन्द्र लामाको निधन भएको छ ।

नेकपा एमालेका जुझारु नेता नरमेन्द्र लामाको ७४ वर्षको उमेरमा बिहीबार काठमाडौँमा निधन भएको हो । उहाँ लामो समय देखी छाती सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।

नेता लामाले हास्यव्यङ्ग्य कृति लेख्नुका साथै भैरव स्मृति प्रतिभा नव पुरस्कारका विजेता समेत रहनु भएको थियो । उहाँले हास्यव्यङ्ग्य कृतिहरू ‘सांसदको पाडो’, ’कुखुरीको दूध’ प्रकाशित गर्नु भएको थियो । उहाँको निधनबाट नेकपा एमाले, लामा परिवार र समाजले एउटा असल अभिभावक गुमाउनु परेको छ ।

लामाको आज पशुपति स्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।