अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यालय सहयोगी मृत फेला

कार्यालय सहयोगी मृत फेला


डोटी – जिल्ला अस्पतालका कार्यालय सहयोगी मृतावस्थामा फेला परेका छन् ।

दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त कोली मृत फेला परेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालय सहयोगी कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा आज मृतावस्थामा फेला परेका हुन् । मृतक कोली जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि आएका शव चिरफारको काम गर्दै आएका थिए । आफन्तहरू अहिलेसम्म नपुगेकाले कोलीको शव जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको छ ।