अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा बालिकासहित दुईको मृत्यु

झापामा बालिकासहित दुईको मृत्यु


झापा – झापामा दुई भिन्न घटनामा परी आज बालिकासहित दुई जनाको मृत्यु भएको छ ।

झापाको कनकाई नगरपालिकामा ट्र्याक्टरले किचेर एक बालिका र मेचीनगरमा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

आज कनकाई–७ कप्तानलुङस्थित भित्री कच्ची सडकखण्डमा सोही स्थानका ४५ वर्षीय बालकृष्ण दुलालले घर अगाडि पार्किङ गरी राखेको मे १ त ७५४९ नंको ट्र्याक्टर आफैँले स्टार्ट गरी अगाडि बढाउने क्रममा सोही ट्र्याक्टरमुनि खेलिरहेकी आफ्नै छोरी दुई वर्षीया आरोषी दुलालको ट्र्याक्टरको चक्काले किचेर मृत्यु भएको छ । गम्भीर घाइते भएकी आरोषीलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता थापाले बताउनुभयो ।

त्यस्तै आजै दिउँसो मेचीनगर–३ दुधे गोलाटारमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–३ का ४२ वर्षीय मेघेन्द्र विक रहेका छन् । सोही स्थानकी पूजा देवानको बारीमा रहेको लामपात्तेको रुखको हाँगा झार्ने क्रममा सोही रुखबाट लडेर विक गम्भीर घाइते भएका थिए । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।