अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तरीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुग्यो

सप्तरीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुग्यो


सप्तरी – कोरोनाको तेस्रो लहरमा कोरोना संक्रमणका कारण सप्तरीमा मृत्यु हुनेको संख्या चार पुगेको छ । पछिल्लो पटक सप्तरीको राजविराज नगरपालिका-१५ का एक पुरुषको मृत्यु भएपछि मृत्यु हुनेको संख्या चार पुगेको हो ।

बिरामी परेका उनको धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उपचारको क्रममा माघ १४ गते पिसिआर परीक्षण गराउँदा १५ गते कोरोना पोजेटिभ आएको थियो । सोही दिन उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो ।

रुपनी गाउँपालिका वडा-१ का ७६ वर्षीया एक महिलाको, बिष्णुपुर गाउँपालिका-७ का एक पुरुष र रुपनी गाउँपालिका-१ कै एक महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।