अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ब्राउन सुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित एक जना पक्राउ


कपिलवस्तु – कपिलवस्तुमा लागूऔषध (ब्राउन सुगर)सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कपिलवस्तु नगरपालिका-२ बर्गदवाबाट ३२ वर्षीय अरुण मोक्तानलाई पक्राउ गरेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका-१, ईमाडोलका मोक्तानबाट प्रहरीले ३ ग्राम ५८० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताउनुभयो ।

आइतबार साँझ चेकजाँच गर्ने क्रममा बाग्मती प्रदेशमा दर्ता भएको मोटरसाइकल देखेपछि प्रहरीले केरकार सुरु गरेको  थियो । चेक जाँच गर्दा हात पन्जाभित्र लुकाएको अवस्थामा ब्राउन सुगर फेला परेको थियो । प्रहरीले मोक्तान सवार बा७४प ६८४९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको थियो ।