अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनियमितता गरेको भन्दै वडा कार्यालयमा स्थानीयले लगाए ताला

अनियमितता गरेको भन्दै वडा कार्यालयमा स्थानीयले लगाए ताला


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-८ ईर्खुको वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन्। नागरिकले पाउने सुविधामा हेलचक्राई भएको भन्दै ५४ जना स्थानीयको हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र टाँस्दै वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।

स्थानीय धनबहादुर तामाङका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका-८ अन्तर्गत, साविक ईर्खु गाविसका ९ वटा वडाभित्रका नागरिक तथा जनसमुदायहरूको उपस्थितिमा ३ बुँदे मागसहित तालाबन्दी गरिएको हो ।

उनीहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा अनियमितता भएको, कोभिड–१९ लक्षित नगद हस्तान्तरणमा हेलचक्राई गरिएको र विभिन्न शीर्षकमा, बाख्रा वितरण र कृषि अनुदानमा अनियमितता गरेको लगायतका आरोप लगाएका छन् ।

यता संवादबाट सहमति निस्कने विकल्प हुँदा हुँदै स्थानीय अराजक रुपमा प्रस्तुत भएको भन्दै अध्यक्ष तिर्थबहादुर श्रेष्ठले दु:ख व्यक्त गर्नुभयो । स्थानीयले राखेका माग वार्ता मार्फत् समाधान निकाल्न आफू तयार रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।