अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको पूर्वी नाकामा बम बनाउन प्रयोग हुने विस्फोटक पदार्थ बरामद

झापाको पूर्वी नाकामा बम बनाउन प्रयोग हुने विस्फोटक पदार्थ बरामद


झापा – भारतसँग सीमा जोडिएको झापाको पूर्वी नाका संवेदनशील बन्दै गएको छ । यो नाकामा असुरक्षा बढ्दै गएको तथ्य फेला परेको छ । नाकाबाट बम बनाउन प्रयोग हुने विस्फोटक पदार्थ ओसारपसार हुने तथ्य फेला परेको छ ।

मंगलबार विशेष सूचनालाई पछ्याउँदा सशस्त्र प्रहरीले कमरसियल डेटोरेन्ट ८० थान र नेपोलाइट ९१  लोला बेवारिसे अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल दुई नम्बर गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम भण्डारीले जानकारी दिनुभयो ।

यद्यपि ओसारपसारमा संलग्न अझै पक्राउ पर्न सकेका छैनन् । यो विस्फोटक पदार्थ बालुवामा गाडिएको अवस्थामा बेवारिसे फेला परेको हो । मेची खोलाको नेपाल-भारत सीमा स्तम्भ ९०/१ र ९०/२ मा फेला पारिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले भने यो विषयमा बोल्न मानेन । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त पाठकले संवेदनशील विषय भएको र अनुसन्धान भइरहेको बताउनुभयो । घटनामा संलग्न भाग्न सक्ने भएकाले बोल्न नमिल्ने उहाँले बताउनुभयो ।

पछिल्लो समय झापामा सार्वजनिक स्थानमा विस्फोटक पदार्थ राख्ने क्रमसमेत बढेको छ । चुनाव आएको र यसलाई लक्षित गरेर विस्फोटक पदार्थ नेपाल भित्र्याइएको विश्लेषण अनुसन्धानमा खटिएका प्रहरी अधिकृतको छ ।