अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हेटौंडामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्य

हेटौंडामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्य


मकवानपुर -मकवानपुरको रातोमाटेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१५ स्थित रातोमाटेमा बुधबार दिउँसो बस र मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

आज दिउँसो बारा जिल्लाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नम्वरको बस र विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३०८१ नम्वरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार बकैया गाउँपालिका वडा नम्वर–७ बस्ने ३७ वर्षीय शिवप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका सुवेदीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।