अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिजो दिउसो देखि चन्द्रागीरीमा हराइरहेका ५ जना बालबालिकाको सकुशल उद्धार

हिजो दिउसो देखि चन्द्रागीरीमा हराइरहेका ५ जना बालबालिकाको सकुशल उद्धार


काठमाडौं- शनिबार दिउँसो चन्द्रागिरीमा हिउँ खेलेर फर्किने क्रममा हराएका पाँच बालबालिकालाई प्रहरीले मध्यरातमा सकुशल उद्धार गरेको छ ।
चन्द्रागिरी नगरपालिका ६ महादेवस्थान बस्ने रीता गुरुङ, सौभाग्य गुरुङ, सहज गुरुङ, जेनिशा गुरुङ र एरविन गुरुङलाई मध्यराती सवा १ बजे जंगलमा फेला पारि आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।
बालबालिकाहरु हिजो दिउँसो हिउँ खेल्न चन्द्रागिरी गएको र सम्पर्कविहीन भएको सूचना राती साढे ८ बजे प्रहरीले पाएको थियो ।

प्रहरीका अनुसार सूचना पाएलगत्तै डीएसपी डिल्लीनारायण पाण्डेयको नेतृत्वमा विपद व्यवस्थापन गुल्म सामाखुसीकासहित ३७ जना प्रहरीको टोलीले ५ घण्टा लामो अपरेसनपछि बालबालिकालाई सकुशल फेला पारेको हो ।