अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतहटमा एक महिलाको हत्या

रौतहटमा एक महिलाको हत्या


रौतहट – रौतहटको ईशनाथ नगरपालिकामा एक महिलाको हत्या भएको छ ।

इशनाथ नगरपालिका–९ मा महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । स्थानीय लौतना गाउँकी १९ बर्षिया चाँदनी खातुनको शव गाउँ छेउमै गहुँ बालीमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शनाथ नपा ७ घिउरा गाउँका २२ वर्षिय युवक फैयाद धुनियासँग उनको गत वर्ष बिहे पक्का भएको थियो। मंगलवार साँझ युवकले भेट्न फोन गरेर बोलाएका थिए । युवकलाई भेट्न गएकी खातुन विहान मृत अवस्थामा फेला परेकी हुन् ।

घटना पछि बिहे पक्का भएका युवक फरार छन् । फरार युवक फैयादको खोजतालास भैरहेको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।