अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पिपरा गाउँपालिकाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

पिपरा गाउँपालिकाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिका वडा-५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वडाध्यक्षविरुद्ध रु.३५ लाख २१ हजार २०४ रुपैयाँ माग दावी लिई विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

साविकको सहोडवा गाविस ६ मा पर्ने सुब्बा पोखरीको तत्कालीन गाविस कार्यालयले २०७१ साल भदौ १ गतेदेखि २०७६ साल भदौ मसान्तसम्मको ठेक्का बन्दोबस्त हुँदा पोखरी हकभोगको ठेक्का यादवको नाममा स्वीकृत भएको थियो । पोखरी हकभोग गरेवापत गाविस कार्यालयलाई ठेक्का वापतको बुझाउनुपर्ने रकम नबुझाएको भन्ने उजुरी उहाँविरुद्ध परेको थियो ।

अनुसन्धानको क्रममा यादवले २०७३ साल माघ ४ गतेसम्ममा जम्मा १९ लाख ४२ हजार ८०१ रुपैयाँ गाविसलाई बुझाएको र वडाध्यक्ष निर्वाचित भएपछि पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम नबुझाएको पत्ता लागेको अख्तियारले जनाएको छ ।

आयोगकाका अनुसार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा आरोप पत्र दायर गरिएको जनाएको छ ।