अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँचपोखरीका ज्येष्ठ नागरिकलाई कम्बल

पाँचपोखरीका ज्येष्ठ नागरिकलाई कम्बल


सिन्धुपाल्चोक – पाँचपोखरी थाङपाल गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट बच्च कम्बल वितरण गर्न थालिएको छ । गाउँपालिका–१ देखि ८ वटै वडाका ८५ वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई कम्बल उपलब्ध गराउन लागिएको हो।

गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले यहाँ आयोजित कार्यक्रममा वडा नं १ र २ का ज्येष्ठ नागरिकलाई कम्बल हस्तारण गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकलाई लक्ष गरी विशेष प्याकेज कार्यक्रम लागू गरिएको र अब पाँचपोखरीका कुनैपनि ज्येष्ठ नागरिकले स्वास्थ्यलगायत अन्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था नआउने बताउनुभयो । त्यसैगरी गाउँपालिकामा रहेका अपाङ्ग व्यक्तिका लागि ह्विल चियर र वैशाखी ९टेक्ने लठ्ठी०समेत वितरण गरिएको उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिनुभयो।