अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १०९ घरपरिवारलाई रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १०९ घरपरिवारलाई रोजगारी


उदयपुर – त्रियुगा नगरपालिका वडा-१६ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १०९ घरका परिवारलाई रोजगारको व्यवस्था गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को बजेटमा आधारित वडा नं १६ का चार सडक योजनामार्फत सो क्षेत्रका १०९ घरपरिवारलाई रोजगार व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

मङ्गलबार चार सडक निर्माण योजनाको नगर प्रमुख देवीकुमारी चौधरीले शिलान्यास गरेपछि उक्त सडक योजनामा यस क्षेत्रका १०९ घरपरिवारलाई रोजगारसहित परिचालन गरिएको त्रिनपा–१६ का वडाध्यक्ष मानबहादुर राईले बताउनुभयो ।

अध्यक्ष राईका अनुसार सिम्ले रातापानी सडक, गोरेपा रातमाटे तथा सिम्ले, सिमलपानी खरीटार, तीनधारे आँपडाँडा सडक र सिमले रातापानी सडक निर्माण कार्य सुरु गरिएको हो । गोरेपा रातमाटे सडक दुई किमी ५०० मिटरको लम्बाइ रहेको र सो सडक निर्माणका लागि यस क्षेत्रका २० स्थानीयवासीलाई रोजगारसहित काममा खटाइएको अध्यक्ष राईले बताउनुभयो ।

यस्तै सिमले रातापानी सडकअन्तर्गत दुई किमी लम्बाइ सडक निर्माण गर्न २० जना स्थानीयवासी मजदूरलाई प्रयोग गरिन लागेको पनि नगरपालिकाले जनाएको छ । खरिटार तीनधारे सडकखण्ड एक हजार ७५० मिटरको लम्बाइको रहेको यो सडकमा २५ मजदूरलाई रोजगारमा लगाइएका छन् भने रातापानी आँपडाँडा सडकअन्तर्गत दुई हजार ५०० मिटर लम्बाइको सडक निर्माणका लागि २७ मजदुर प्रयोग गरिएका छ्न् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यस क्षेत्रका महिला, दलित र जनजाति तथा पिछडा र विपन्न वर्गका युवा तथा महिलालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पहिलो पटक रोजगारी प्रदान गरिएको नगरपालिकाकी अधिकृत निशा घलेले बताउनुभयो।

सो सडक निर्माणका इञ्जिनीयर चन्द्र ढुङ्गानाका अनुसार पहिला स्थानीयवासी मजदुरलाई एकदिने आधारभूत तालिम प्रदान गरिने र त्यसपछि काममा सहभागी गराउने तयारीमा रहेको छ ।