अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेचीनगरमा गठबन्धनले काँग्रेसलाई मेयर दिए माओवादी -समाजवादी सबै एमालेमा आउछन् : कोइराला

मेचीनगरमा गठबन्धनले काँग्रेसलाई मेयर दिए माओवादी -समाजवादी सबै एमालेमा आउछन् : कोइराला


झापा -नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले आगामी स्थनीय तहको निर्वाचनमा एमालेले मेचीनगर नगरपालिकामा मेयर सहित १५ वटै वडामा विजयी हासिल गर्ने बताउनुभएको छ । कोइरालालले त्यसै अनुसार पार्टीका गतिविधीहरुलाई जनता समक्ष लैजान उहाँले कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभएको छ ।
एमालेका उम्मेद्वारले जित्ने दावी गर्दै उत्साहका साथ चुनावी अभियानमा जुट्न कार्यकर्ताहरुलाई कोइरालाले निर्देशन दिनुभएको छ ।

‘एमालेले मुलुकको बागडोर सम्हाल्दा मात्र देशको विकास र जनताको हित हुन्छ भन्ने प्रष्ट भइसकेको छ,’ नेता कोइरालाले भन्नुभयो –‘बिगतमा मेयर पद हामीले गुमाएका थियौं, यसपाली मेयरसहित सबै वडामा हामी एमालेले जित हासिल गर्नेछ ।’

सत्तारुढ गठबन्धनका पाँच दलले कांग्रेसलाई मेयर दिएर भागवण्डा मिलाउन छलफल गरिरहेको सुन्नमा आएको बताउँदै उहाँले त्यसो भयो भने माओबादी र एकीकृत समाजवादीमा अलमलिएका कार्यकर्ताहरु नेकपा एमालेको पक्षमा उभिने ठोकुवा गर्नुभयो ।

एमाले केन्द्रीय सदस्य तथा मेचीनगर नगरपालिका उपप्रमुख मीना उप्रेतीले एकढिक्का भएर चुनावमा जाने एमालेसँग अरु कुनै पनि पार्टीले प्रतिष्पर्धा गर्न नसक्ने धारणा बताउनुभयो । उहाँ पार्टीबाट निर्वाचित भएर नगरपालिकाको जनप्रतिनिधिको हैसियतले गरेका राम्रा कामहरुको व्यापक प्रचार प्रसार हनुुपर्ने बताउनुभयो ।

प्रदेश सांसद् तथा पार्टीका प्रदेश कमिटी सदस्य गोपाल बुढाथोकीले नेकपा एमाले चुनावका लागि पहिल्यैदेखि तयार रहेको जनाउँदै सत्तामा पुगेर जनताको पक्षमा काम गर्ने पार्टी एमाले नै भएको बताउनुभयो । उहाँले कार्यकर्ताहरुलाई वडा केन्द्रित हुन र लोकप्रिय व्यक्तिलाई उम्मेद्वारको रुपमा सिफारिस गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीका नगर अध्यक्ष राजु पोखरेलको अध्यक्षतामा भएको बैठकले आगामी फागुन २४ गते अनेमसंघ, फागुन २८ गते अनेकि महासंघ र फागुन १४ गते नेपाल इत्तेहाद मुस्लिम संगठनको नगर सम्मेलन गर्ने निर्णय गरेको छ ।

पार्टीको नगर कार्य समितिको बैठक मासिक रुपमा हरेक वडामा गर्ने र बैठकमा अनुपस्थित हुने पदाधिकारी तथा सदस्यलाई अर्को बैठकको सुरुमै स्पष्टिकरण सोध्ने नियम लागू गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।
यसैबीच, बैठक चलिरहेकै बेला नेपाली कांग्रेस र नेकपा माओबादी पार्टीका ६ जना सदस्यले नेकपा एमाले प्रवेश गरेका थिए ।

मेचीनगर–१० का बानसिंह राजबंशी र उनको परिवारका ६ जना र वडा नं। ९ का मुक्ति चापागाई एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले नेताहरुले अबिर लगाइदिएका थिए ।