अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देही सुपरलिग क्रिकेट : प्रोफेसनल मास्टर्स ११ विजयी 

रुपन्देही सुपरलिग क्रिकेट : प्रोफेसनल मास्टर्स ११ विजयी 


भैरहवा – भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको मंगलबारको खेल प्रोफेसनल मास्टर्स ११ ले जितेको छ ।

रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन ‘बी’ अन्तर्गतको खेलमा सैनामैना क्रिकेट क्लबलाई १३ रनले पराजित गरेको हो । 

सुरुवाती ब्याटिङ पाएकोे प्रोफेसनलले ३३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९३ रन बनाएको थियो । जसका लागि प्रवेश थापाले सर्वाधिक २६, अनिल चाईले १५, अजय रसाइली र माधवेन्द्र क्षेत्रीले १०-१० रन बनाए । बलिङतर्फ सैनामैनाका गणेश गौतमले चार, विशाल भुसाल र उदय पन्तले दुई-दुई विकेट लिए ।  

९४ रनको लक्ष्य पाएको सैनामैनाले २५ दशमलव १ ओभरमा सबै विकेट गुमाई ८० रन मात्रै जोड्न सक्यो । लक्ष्य पार गर्न नसकेपछि १३ रनले हार व्यहोरेको सैनामैनाका लागि सुनिल पौडेलले १६, प्रदीप सुवेदी र विक्रम गौतमले १३-१३ रन बनाए । प्रोफेसनलका दिनेश अग्रवालले चार, समोत पौडेल र अर्जुन करोसले दुई-दुई विकेट लिए । 

मंगलबारको खेलमा दिनेश अग्रवाल म्यान अफ दि म्याच भए । बुधबारको खेल लुम्बिनी शाक्यान र बुटवल युथका बीच हुने संघका सचिव सञ्जय गुरुङले जानकारी दिनुभयो ।  

२०५४ देखि निरन्तर हुँदै आएको नेपालकै एक मात्र सुपरलिग प्रतियोगितामा जिल्लाभित्रका ‘ए’ डिभिजनका आठ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । एकदिवसीय ५०-५० ओभर फम्र्याटमा खेलाइने ‘बी’ डिभिजनका टप हुने टीम ‘ए’ डिभिजनमा बढुवा हुने गरी प्रतिस्पर्धा गराइने संघका सचिव गुरुङले बताउनु भयो ।