अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फागुन तेस्रो साता पाँच पोखरी जिल्लास्तरीय क्रिकेट हुने

फागुन तेस्रो साता पाँच पोखरी जिल्लास्तरीय क्रिकेट हुने


काठमाडौं – फागुन तेस्रो साताबाट पाँचपोखरी टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

आयोजक पाँच पोखरी थाङपाल गाउँपालीका खेलकुद विकास समितिले पत्रकार सम्मेलन गर्दै प्रतियागिता मुलपानी क्रिकेट रंगशालामा १५ गतेदेखि २२ फागुनसम्म हुने जानकारी गराएको हो ।

प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ८ टीम सहभागी हुनेछन्। उक्त टीममा सिन्धुपाल्चोक जिल्लावासी मात्र रहने प्रावधान रहेको आयोजकले जनाएको छ ।

टीम प्रवेश प्रवेश शुल्क १२ हजार रहेको प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः७५ हजार र ४० हजार नगद, ट्रफी, प्रमाण पत्र, मेडल पाउने छन् ।