अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेश मन्त्री मनाङेले कुटे कर्मचारी, घाइते अधिकृत ओझा अस्पताल भर्ना

गण्डकी प्रदेश मन्त्री मनाङेले कुटे कर्मचारी, घाइते अधिकृत ओझा अस्पताल भर्ना


पोखरा – गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गर्नु भएको छ ।

उहाँले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ । मनाङेबाट कुटाइ खाएका मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझा अहिले अस्पताल भर्ना भएका छन् ।

फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई मन्त्री मनाङेले हातपात गर्नु भएको हो । ओझाले कुटपिटबारे मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई घटनालगत्तै जानकारी गराउनु भएको थियो ।

घटना मंगलबारकै भए पनि बुधबार अपरान्हमात्र सार्वजनिक भएको छ ।

यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् ।

‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भन्नुभयो, ‘मन्त्रालय गएपछि मात्रै थाहा होला ।’ कुटिएका भनिएका कर्मचारी ओझाको फोन स्वीच अफ छ । घटना के कारणले भएको भन्ने पनि खुलेको छैन ।

‘भनाभन भएको हो भन्ने सुनिएको छ । कुटपिट नै भएको हुन सक्छ,’ एक कर्मचारीले भने, ‘यसरी त काम गर्न गाह्रो हुन्छ ।’

मनाङेले मन्त्री हुनुअघि पनि कास्की एन्फाका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए ।