अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भ्रम नहोस् वामपन्थी सिंगल एमाले हो: केपी शर्मा ओली

भ्रम नहोस् वामपन्थी सिंगल एमाले हो: केपी शर्मा ओली


काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी भनेको नेकपा एमाले मात्र भएको दावी गर्नु भएको छ ।

आज ललितपुरको सानो गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले नेकपा एमाले सिंगल बामपन्थी भएको बताउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘भ्रम नहोस् वामपन्थी भनेको सिंगल एमाले हो । नेपाली कांग्रेसको पछाडि पछाडि लाग्ने कसरी वामपन्थी हुन्छन् ? उनीहरू त कांग्रेसपन्थी हुन् । आन्दोलनका पछाडि लाग्ने वामपन्थी । एमाले वामपन्थी हो । वामपन्थीको बर्को ओढेका कांग्रेसपन्थी हुन् । हामी कोही झुक्किनु पर्ने अवस्था छैन् ।’

माधवकुमार नेपाल गुट र माओवादी कांग्रेसको जिउँमा बसेको झिँगा धपाउने राम्रो झुक्का भएका चौरीको पुच्छर जस्तो मात्र भएको जिकिर गर्नुभयो ।