अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार

संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार


काठमाडौँ- सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको  मनोनयन दर्ता बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले सूचना जारी गर्दै बिहीबार दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेका छन् ।

समिति सभापतिहरूको मनोनयन दर्ता सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने सूचनामा उल्लेख छ । बिहीबार दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन गर्ने राईले जारी गरेको सूचनामा उल्लेख छ । प्रतिनिधिसभा अन्तर्गत १० र दुई संयुक्त समितिको निर्वाचन हुन बाँकी छ ।

चैत २७ गते प्रतिनिधि सभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सदस्य तय गरिएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले आगामी वैशाख ४ गते संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।