अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : केही स्थानमा चट्याङ सहित वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा चट्याङ सहित वर्षाको सम्भावना


काठमाडौं- हाल देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहानैदेखि प्रदेश १ का केही स्थानमा स्थानमा हल्का वर्षा भइरहेको छ।
देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।

आज बुधबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाको भनाइ छ। प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
प्रदेश १, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
देशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

साथै तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न सचेतना जरुरी रहेको महाशाखाको भनाइ छ।