अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ११ अर्ब ९५ करोड मौज्दात

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ११ अर्ब ९५ करोड मौज्दात


काठमाडौँ-प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हालसम्म रु. ११ अर्ब ९५ करोड १७ लाख मौज्दात रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका  अनुसार मंगलबार साँझ ५ बजेसम्म कोषका ९ वटा रुपैयाँ खातामा रु. ८ अर्ब ७६ करोड ६९ लाख तथा २ वटा अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ। 

अमेरिकी डलरलाई प्रतिडलर रु. १५०.८८ का दरले रूपान्तरण गर्दा कोषको कुल मौज्दात रु. ११ अर्ब ९५ करोड १७ लाख पुगेको हो।

यसैगरी, रसुवा–भोटेकोशी बाढीपछि कोषमा रु. ७ अर्ब ६८ करोड ४४ लाख तथा २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर सङ्कलन भएको छ। उक्त रकम विपद्अघिको कोषमा रहेको रु. २ अर्ब ८ करोड २४ लाख मौज्दातबाहेकको हो।

भदौ २३ गते मात्रै कोषमा रु. ३० करोड ६२ लाख तथा १ लाख १२ हजार ३२ अमेरिकी डलर सहयोग प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।