काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मुलुकमा सुशासन कायम गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन्।
जेनजी शहीद दिवसको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले सुशासन कायम हुने बताएका हुन्। उनले जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन्।
प्रधानमन्त्री शाहले लेखेका छन्, ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ। शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।’
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशभर विभिन्न कार्यक्रम आयोजना गरिएका थिए। सरकारले यस अवसरमा देशभर सार्वजनिक बिदासमेत दिएको थियो।


प्रतिक्रिया