अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रसुवाले टुंग्यायो गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार नाम

एमाले रसुवाले टुंग्यायो गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार नाम


रसुवा – नेकपा एमालेले रसुवाका सबै तहमा उम्मेदवारको टुंगो लगाएको छ । स्थानीय निर्वाचनका लागि गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार टुंग्याएको हो ।

एमाले रसुवाका सचिव जनार्दन ढकालका अनुसार गोसाईकुण्ड गाउँपालिकाको अध्यक्षमा कैसाङ नुर्पु तामाङ र उपाध्यक्षमा प्रतिमा तामाङ, उत्तरगया गाउँपालिकाको अध्यक्षमा माधव अर्याल, उपाध्यक्षमा चमेली गुरुङ, कालिका गाउँपालिकाको अध्यक्षमा कमलनाथ आचार्य, उपाध्यक्षमा अम्बिका भट्ट पौडेलको उम्मेदवारी टुंग्याएको छ ।

यस्तै नौकुण्ड गाउँपालिकाको अध्यक्षमा सिर्जना लामा, उपाध्यक्षमा चन्द्र बहादुर तामाङ र आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्षमा तेब्रेल तामाङ र उपाध्यक्षमा नवीना लार्मा चयन भएका छन् ।

रसुवामा पाँच वटा गाउँपालिकाअन्तर्गत २७ वडा छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले कालिका र गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्ष र पाँचवटै गाउँपालिकामा उपाध्यक्षमा जितेको थियो ।