अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङमा मालपोत अधिकृत घुस रकमसहित अख्तियारको नियन्त्रणमा

ताप्लेजुङमा मालपोत अधिकृत घुस रकमसहित अख्तियारको नियन्त्रणमा


ताप्लेजुङ – अख्तियारले जिल्ला मालपोत कार्यालय ताप्लेजुङकी प्रमुखलाई घुस रकमसहित पक्राउ गरेको छ ।

आक्ष्तबार मालपोत अधिकृत लेखा पनेरु महतलाइ अख्तियारको टोलीले सोवाग्राहीबाट लिएको १ लाख ५० हजार अतिरिक्त रकम सहित नियन्त्रणमा लिएको हो ।

बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्ता सहित छोराका नाममा पास गरिदिए बापत सेवाग्राहीबाट १ लाख ५० हजार रकम लेनदेन गरेको अभियोगमा पनेरुलाइ अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

फुङ्लिङ ४ को कोप्चेलाइनको एक घरबाट सेवाग्राहीबाट लिएको उक्त रकम सहित उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

गत साउन महिनाबाट चलेको यो प्रकृयाको कागजी प्रकृया भइसकेको र लेनदेनकै कारण सम्वन्धित धनीलाइ कागजात भने बुझाउन बाँकी रहेको अवस्थामा यो घटना भएको समेत अख्तियारले प्रारम्भिक जानकारी दिएको छ ।