अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले चुनाव सकिएको भोलिपल्टै पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले बढायो

सरकारले चुनाव सकिएको भोलिपल्टै पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले बढायो


काठमाडौं – स्थानीय तहको निर्वाचन सकिएपछि सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ ।

नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । बैठकले  पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ कायम गरेको  छ ।

निगमको सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनु भयो ।