अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धुलिखेल नगरपालिकामा एमालेका अशोक ब्याञ्जुको अग्रता

धुलिखेल नगरपालिकामा एमालेका अशोक ब्याञ्जुको अग्रता


काभ्रे – काभ्रेको धुलिखेल नगरपालिकामा नेकपा एमालेका अशोक ब्याञ्जुले अग्रता लिएका छन् ।

आजको ताजा मतपरिणाम अनुसार ब्याञ्जुले १ हजार ७१७ मत पाएका छन् । उहाँ स्वतन्त्र उम्मेदवार बिदुर बहादुर बस्नेतभन्दा ३१० मत अन्तरले अगाडि छन् । बस्नेतले १ हजार ४०७ मत पाएका छन् । हिजोसम्म बस्नेत अगाडि थिए ।

धुलिखेलको उपमेयरमा पनि एमालेकी लालतारा अधिकारी अगाडि हुनुहुन्छ । उहाँले १ हजार ४७२ मत पाउनु भएको छ । उहाँलाई नेपाली कांग्रेसका निराजन जंगमले १ हजार २६२ मतसहित पछ्याइरहेका छन्।