अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तेह्रथुमको म्याङलुङ–७ मा एमालेकी कार्की विजयी

तेह्रथुमको म्याङलुङ–७ मा एमालेकी कार्की विजयी


तेह्रथुम — म्याङलुङ नगरपालिका–७ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार तारा कार्की गुरुङ विजयी हुनुभएको छ । कार्कीले ४ सय ९५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार राजन गुरुङले ४ सय ३ मत प्राप्त गर्नुभएको छ ।

खेलाडी समेत रहनुभएकी कार्की जिल्लामा चर्चीत महिला नेतृ हुनुहुन्छ । अन्य राजनीतिक दलले वडा अध्यक्ष पदमा महिलालाई उम्मेदवारी दिन बाट बन्चित गर्दै आएका थिए । तर एमालेले भने पुरुष आकांक्षीलाई पछि सारेर कार्कीलाई टिकट दिएको थियो ।