अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमाले अगाडि

प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमाले अगाडि


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र पर्ने माडी नगरपालिकामा एमालेले अग्रता बनाएको छ ।

एमालेका मेयरका उम्मेदवार ताराकुमारी ताजी महतोले ३३ सय ५९ मत प्राप्त गर्नुभएको छ । यस्तै माओवादी केन्द्रका उम्मेदवार ऋषिराम काफ्लेको २४३३ मत छ ।

यसैगरी उपप्रमुखमा काँग्रेसका उम्मेदवार खेम प्रसाद महतोले २ हजार ५१ मत पाउनुभएको छ भने राप्रपाका मदन प्रसाद पौडेलले १४३९ मत पाउँदा स्वतन्त्र उम्मेदवार कृष्ण प्रसाद पौडेलले १५५८ मत पाउनुभएको छ । माडीमा एमाले राप्रपाको गठबन्धन र सत्ता गठबन्धनबीच तालमेल छ ।