अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बझाङको थलारा गाउँपालिका अध्यक्षमा एमालेका रोकाया विजयी, गठबन्धन तेस्रोमा सिमित

बझाङको थलारा गाउँपालिका अध्यक्षमा एमालेका रोकाया विजयी, गठबन्धन तेस्रोमा सिमित


बझाङ – बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी हुनुभएको छ । उहाँ २ हजार ७७४ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो ।

रोकायाका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २११३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १२०३ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा गठबन्धनका राम खाती ३१५० मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँकी प्रतिस्पर्धी एमालेकी मीरा रावलले २५८७ मत ल्याउनुभयो । त्यस्तै, थलारा गाउँपालिका–५ मा गठबन्धनका नरबहादुर खाती ३९० मत ल्याएर विजय हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार ३१३ मत ल्याउनुभयो

थलारा गाउँपालिकामा वडामा विजयी हुनेहरू :

१ – रवीन्द्र जोशी (माओवादी)

२- रवीन्द्र खाती (एमाले)

३- प्रकाश भण्डारी (माओवादी)

४- रामचन्द्र जोशी (काङ्ग्रेस)

५- नरबहादुर खाती (काङ्ग्रेस)

६- अनिलकुमार विष्ट (ए.स) 

७- किस्ने सार्की (एमाले)

८- कविराज जोशी (एमाले)

९- लोकेन्द्र विष्ट (ए. स)