अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्वतमा १० वडामा एमाले विजयी, गठबन्धन १ वडामा खुम्चियो

पर्वतमा १० वडामा एमाले विजयी, गठबन्धन १ वडामा खुम्चियो


पर्वत – पर्वतमा स्थानीय तह निर्वाचनको ११ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार जलजला गाउँपालिकाकाको चारवटा वडामा नेकपा एमाले विजयी भएको छ ।

यस्तै, महाशिला गाउँपालिकाको वडा नम्बर १ होश्राङदी र वडा नम्बर २ भोक्सिङमा एमालेको प्यानल विजयी भएको हो । बिहादीको वडा नम्बर १ बाच्छामा एमालेका उम्मेदवार चित्रबहादुर गुरुङसहित प्यानल नै विजयी भएको छ ।

उता पैंयु गाउँपालिकाका वडा नं २ त्रिवेणीमा मतपरिणाम सार्वजनिक हुँदा एमालेका नरभुपाल काफ्ले विजयी हुनुभएको छ । पैंयु गाउँपालिका वडा नं १ टकलाकमा नेपाली काँग्रेसका मिनप्रसाद न्यौपाने विजयी हुनुभएको छ ।

यस्तै फलेवास नगरपालिका वडा नम्बर ११ पाङराङमा एमालेकै प्यानल विजयी भएको छ । मोदी गाउँपालिका १ भुकमा एमाले उम्मेदवार टेकबहादुर गुरुङ विजयी हुनुभएको छ ।

जारी मतगणनामा बिहादी गाउँपालिका र कुश्मा नगरपालिकामा गठबन्धनको अग्रता कायम छ । यस्तै, जारी मतगणना मध्ये फलेबास नगरपालिका, जलजजा, मोदी, महाशिला र पैंयु पालिकामा एमालेको अग्रता छ ।