अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियुको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियुको माग


काठमाडौं – एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थका मूल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

वर्तमान सरकारले आजबाट लागू हुने गरी पेट्रोलियम पदार्थको इतिहासमै सबैभन्दा ठूलो मूल्यवृद्धि गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकैपटक १० रुपैयाँले बढाएर पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टतेलको मूल्य १५३ रुपैयाँ कायम गरी जनताको ढाड सेक्ने काम गरेको भन्दै अखिलले फिर्ता लिन माग गरेको हो ।

विज्ञप्ति

२०७९ जेठ १ नेपाली विद्यार्थीहरुको आशा र भरोसाको धरोहर, राष्ट्रिय स्वाधिनता, न्याय र समानताको पक्षमा र गरिब जनताको जनजिविकाको सवालमा सदैव क्रियाशील संगठन अनेरास्ववियु मुलुकमा व्याप्त महंगी, भ्रष्टाचार, चुहावटको विरुद्ध फेरि संघर्षमा होमिनुपर्ने अवस्था आएको छ । अनेरास्ववियु मुलुकमा व्याप्त विकृति, विसंगति, आर्थिक भ्रष्टाचार एवम् मनपरितन्त्रको विरुद्ध सदैव सम्झौताहिन लडाईमा समाहित हुँदै आएको कुरा सर्वविदितै छ ।

हिजो मध्यरातबाट लागु हुने गरी देउवा नेतृत्वको परमादेशबाट गठित जनतामारा सरकारले पेट्रोलियम पदार्थको इतिहासमै सबैभन्दा ठूलो मूल्यवृद्धि गरी पेट्रोल, डिजेल र मटि्टतेलको मूल्य एकैपटक १० रुपैयाँले बढाएर पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टतिेलको मूल्य १५३ रुपैयाँ कायम गरी जनताको ढाड सेक्ने काम गरेको छ । स्थानीय तह निर्वाचनमा मत खसाउन आफ्नो गाउँघर गएका जनतालाई मतदानको मसी नसुक्न नपाउदै जनतामारा सरकारले मूल्यवृद्धिको उपहार जनतालाई दिएको छ । मुल्य समायोजन भन्ने बाहनामा अन्तराष्ट्रिय बजारमा मुल्य बढ्दा बढाउने तर घटदा नघटाई, इन्धनको नाममा सरकार विभिन्न कर लगाएर राजस्व उठाएर कमाउन व्यस्त छ, आयल निगम चुहावट नियन्त्रणलाई बेवास्ता गरी कर्मचारीलाई बोनस र भत्ता बाड्न मस्त छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि संगै देशैभर अब अतिआवश्यक वस्तु तथा सेवाको ढुवानी र लागत भाडा महँगिने निश्चित छ । जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मूल्यवृद्धि गर्दै निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी पटक-पटक मुल्य वृद्धि गर्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछ । अन्यथा अनेरास्ववियु मूल्यवृद्धि विरुद्ध जस्तोसुकै प्रतिकार गर्न बाध्य हुनेछ। साथै अनेरास्ववियु सम्पूर्ण जनसमुदायलाई र आम नेता कार्यकर्ताहरुलाई मुल्यवृद्विको विरुद्धको आन्दोलनमा उत्रन आव्हान गर्दछौं ।