अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्लाको कनकासुन्दरी-८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी

जुम्लाको कनकासुन्दरी-८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी


जुम्ला – कनकासुन्दरी गाउँपालिका-८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ ।

दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रुपमा धनबहादुरलाई अघि सारेका थिए । तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए ।

धनबहादुरले २८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका हुन् । उहाँका प्रतिद्धन्द्धी काँग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित हुनु भयो ।

वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका हुन् । महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्लेले जित्नु भएको छ । दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय हुनु भएको छ । कनकासुन्दरी ८ मा वडाध्यक्षसहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका हुन् ।