अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अजयमेरु गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसको अग्रता

अजयमेरु गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसको अग्रता


डडेल्धुरा – डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले उपाध्यक्षमा नेपाली कांग्रेसले अग्रता बनाएको छ ।

नेकपा एमालेका उम्मेदवार पदम पालले ७१२, नेपाली कांग्रेसका उम्मेदवार टेकराज पाण्डेयले ६६२ र माओवादी केन्द्रका उम्मेदवार उमेशप्रसाद भट्टले ६४० मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा कांग्रेसका उम्मेदवार बसन्ती पालले १०३७, कांग्रेस विपीका उमेदवार रामचन्द्र ऐरले ४२४ र एकीकृत माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणले ५९७ मत पाउनुभएको छ ।

अजयमेरु गाउँपालिकाको १ र ६ नम्बर वडाको मत परिणाम सार्वजनिक हुँदा दुबै वडामा कांग्रेस विजयी भएको छ । यहाँ विपी कांग्रेस र एमालेको गठबन्धन छ ।