अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नुवाकोट तारकेश्वर ४ मा एमालेको प्यानल नै विजयी

नुवाकोट तारकेश्वर ४ मा एमालेको प्यानल नै विजयी


नुवाकोट – नुवाकोटको तारकेश्वर गाउँपालिका वाड नं. ४ को वडाध्यक्षमा एमालेका हरी पौडेल निर्वाचित हुनुभएको छ । पौडेलले नेपाली कांग्रेसका गोविन्द तिवारीलाई २ सय ४ मतले हराउनुभएको हो ।

साविक बुधिसं गाविस रहेको वाड नं. ४ मा एमालेले आफ्नो विरासत जोगाएको छ । विगतमा पनि सो वडामा एमालेबाटै स्व. राममणी अधिकारी विजयी हुनुभएको थियो ।

अध्यक्षमा निर्वाचित पौडेलले ८ सय ८८ मत पाउनुभएको छ भने निकटतम् प्रतिद्वन्दी कांग्रेसका गोविन्द तिवारीले ६८४ मत पाउनुभएको छ । सो वडामा एमालेको प्यानलनै विजयी भएको छ ।

यसअघि तारकेश्वर ६ मा एमालेका नारायण रिमाल र ५ मा कांग्रेसका अशोक तामाङ विजयी हुनुभएको थियो । हालसम्म गाउँपालिका अध्यक्षका प्रत्यसी एमालेले १८४१ मत र कांग्रेसले २४५५ मत ल्याएको छ । उपाध्यक्षमा एमालेकी कोपिला भट्टले १९११ मतका साथ अग्रता लिनुभएको छ भने गठबन्धनका उम्मेदवार हरी रिमालले १६१६ मत पाउनुभएको छ ।