अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बझाङको जयपृथ्वी ७ मा मतदान जारी, सुरक्षा व्यवस्था कडा

बझाङको जयपृथ्वी ७ मा मतदान जारी, सुरक्षा व्यवस्था कडा


बझाङ – झडपपछि निर्वाचन स्थगित भएको जयपृथ्वी वडा नम्बर ७ स्थित सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा मतदान सुरु भएको छ ।

दोस्रोपटक भइरहेको निर्वाचनमा मतदाताहरुको उत्साजनक उपस्थिति रहेको बझाङ प्रहरी प्रमुख तथा डीएसपी ज्ञानबहादुर विष्टले बताउनुभयो ।

शनिबार सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुँदा मतपत्र समेत च्यातिएको थियो । झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो। त्यसपछि मतदान स्थगित भएको थियो ।

मतदानस्थलमा ३०० बढी सेना प्रहरी परिचालन गरि मतदान भइरहेको डीएसपी विष्टले बताउनुभयो ।

मतदानस्थलमा नगर प्रमुख, उपप्रमुख उम्मेदवारहरु र राजनीतिक दलका प्रतिनिधिहरु उपस्थित छन् ।