अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमाले विजयी

म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमाले विजयी


तनहुँ – तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ ७१८ मतान्तरले विजयी हुनुभएको छ । श्रेष्ठले चार हजार ९५० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिनुभयो । प्रतिस्पर्धी कांग्रेसका मायादेवी रानाले चार हजार २३२ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा कांग्रेसका बालकृष्ण घिमिरे पाँच हजार ३९ मत प्राप्त गरी विजय हुनुभएको छ । प्रतिस्पर्धी एमालेका रत्नादेवी घिमिरेले चार हजार २०० मत प्राप्त गर्नुभयो । घिमिरे दोस्रो कार्यकालका लागि उपाध्यक्षमा दोहोरिनुभएको हो ।

गाउँपालिकामा कूल १८ हजार १०५ मतदाता रहेकामा ११ हजार ९४३ मत खसेको थियो । विसं २०७४ सालको निर्वाचनमा कांग्रेसकी राना अध्यक्षमा विजयी हुँदा श्रेष्ठ पराजित हुनुभएको थियो । म्याग्दे–१, ३ र ७ मा एमालेले जितेको छ भने वडा नम्बर २, ४, ५ र ६ मा कांग्रेसले जितेको छ ।