अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरगन्ज महानगर ३१ को वडा अध्यक्षमा एमालेको जीत

वीरगन्ज महानगर ३१ को वडा अध्यक्षमा एमालेको जीत


वीरगन्ज – वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ को वडा अध्यक्षमा नेकपा एमालेका जीतेन्द्र यादव विजयी हुनुभएको छ । वीरगन्ज महानगरमा यो एमालेको पहिलो जीत हो।

यसअघि २ वटा वडाको अन्तिम नतिजा आउँदा दुबै वडा जसपाले जितेकोमा वडा नम्बर ३१ मा जीत हात पार्दै महानगरमा एमालेले पहिलो सफलता प्राप्त गरेको हो।

मङगलबार बिहान सकिएको वडा नम्बर ३१ को मतगणनाको अन्तिम परिणाम अनुसार वडा अध्यक्षमा एमालेका यादव विजयी हुनुभएको हो ।

यादव १३०७ मतका साथ वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका १२७३ मत मात्रै प्राप्त गर्नुभयो । यसअघि वडा अध्यक्षमा जित्नुभएक नेपाली कांग्रेसका उम्मेदवार चुमनदास चौधरी भने ५४९ मतका साथ तेश्रो स्थानमा रहनुभयो ।

यसअघि २०७४ को निर्वाचनमा उक्त वडामा कांग्रेसका चुमनदास चौधरी ७६५ मतका साथ निर्वाचित हुनुभएको थियो ।