अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङका १० वटा पालिकामा एमालेको अग्रता

मोरङका १० वटा पालिकामा एमालेको अग्रता


विराटनगर – मोरङका १७ स्थानीय तहमध्ये १० वटामा एमालेले अग्रता कायम गरेको छ । प्रमुख र अध्यक्ष पदमा अघिल्लोपटक कांग्रेस विजयी भएका कतिपय पालिकाहरूमा समेत एमाले अगाडि छ ।

मंगलबार बिहानसम्मको प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेस एक पालिकामा जित हासिल गरेको छ । ६ वटामा अग्रता कायम गरिरहेको छ ।

एमालेले उर्लाबारी, बेलबारी, पथरी शनिश्चरे, सुनवर्षी, रंगेली र लेटाङ नगरपालिकामा अग्रता कायम गरेको छ । यसैगरी, बुढीगंगा, धनपालथान, कानेपोखरी र केराबारी गाउँपालिकामा पनि एमालेका उमेदवारले गठबन्धनका उमेदवारभन्दा बढी मत प्राप्त गरेका छन् ।

यसैगरी, नेपाली कांग्रेस विराटनगर महानगरपालिका, सुन्दरहरैँचा नगरपालिका र रतुवामाई नगरपालिका अगाडि छ । यसैगरी, कटहरी, जहदा र ग्रामथा गाउँपालिकामा कांग्रेसका उमेदवार अगाडि रहेका छन् ।