अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरमा कांग्रेसका चिरीबाबु र उपप्रमुखमा एमालेकी मञ्जलीको अग्रता

ललितपुरमा कांग्रेसका चिरीबाबु र उपप्रमुखमा एमालेकी मञ्जलीको अग्रता


ललितपुर – ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार चिरीबाबुले सात हजार २१७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले तीन हजार ६७४ मत पाउनुभएको छ । उपप्रमुखमा एमालेकी मञ्जलीले तीन हजार ६७४ मत र नेकपा ९माओवादी० का बाबुराजा बज्राचार्यले दुई हजार २९२ मत पाउनुभएको छ । महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म चार वडाको मात्रै परिणाम आएको छ ।

वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा ९एकीकृत समाजवादी० का राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन, ५ मा नेकपा एमालेका विकासमान श्रेष्ठ विजयी हुनुभएको छ । हाल वडा नम्बर ४, ६ र ७ को गणना जारी रहेको छ ।