अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ढोरपाटन नगरप्रमुखमा एमालेका नेपाली पुनः विजयी

ढोरपाटन नगरप्रमुखमा एमालेका नेपाली पुनः विजयी


बागलुङ – बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली पुनःविजयी हुनुभएको छ ।

गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका चन्द्रलाल अर्याललाई ६०० मतले पराजित गर्दै नेपाली दोस्रो कार्यकालको लागि नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । नेपालीले पाँच हजार ७३५ मत प्राप्त गर्दा अर्यालले पाँच हजार १३५ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा गठबन्धनका धनबहादुर कायत विजयी हुनुभएको छ । कांग्रेसका कायतले पाँच हजार ६५० मत प्राप्त गर्नुभएको छ ।

यस्तै वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका बानबहादुर छन्त्याल ६८२, वडा नम्बर २ को अध्यक्षमा राष्ट्रिय जनमोर्चाका भेकबहादुर खत्री ७२८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

वडा नम्बर ३ को अध्यक्षमा एमालेका खिमबहादुर सुनार ५९०, ४ को अध्यक्षमा एमालेका तिलक पुन ९०५, ५ मा एमालेका दीपेन्द्र पुनमगर ७९७, ६ मा एमालेका उमेशकुमार बुढामगर ७८१, ७ मा राष्ट्रिय जनमोर्चाका धनबहादुर अदै ४९७, ८ मा माओवादीका भद्रमणि सुनार ७०९ र वडा नम्बर ९ मा एमालेका खीमबहादुर घर्ती मगर ४०२ मतले विजयी हुनुभएको छ ।

बरेङमा जनमोर्चाका शर्मा र उपाध्यक्षमा कांग्रेसका पुन

बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा विजयी हुनुभएको छ । नवनिर्वाचित शर्मा गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुनुहुन्छ ।

गठबन्धनका उम्मेदवार शर्माले तीन हजार ६०१ मत प्राप्त गरेर विजयी हुनुभएको निर्वाचन अधिकृत मनीराम ज्ञवालीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप थापाले दुई हजार २३२ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिका उपाध्यक्षमा गठबन्धनकोे तर्फबाट कांग्रेसका दिलीपकुमार पुन विजयी हुनुभएको छ । पुनले तीन हजार ६८२ मत प्राप्त गर्दा एमालेका दुर्गा कार्की थापा क्षेत्रीले एक हजार ९५५ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाको वडा नम्बर १ मा गठबन्धनकै तर्फबाट राष्ट्रिय जनमोर्चाका नरसिंह पुन एक हजार ४४१ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडा नम्बर २ को अध्यक्षमा जनमोर्चाकै हिराबहादुर घर्ती ८९९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

यस्तै वडा नम्बर ३ मा नेकपा एमालेका शेरबहादुर खनाल क्षेत्री ८४१ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडा नम्बर ४ मा कांग्रेसका किसनबहादुर खत्री ३२९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने वडा नम्बर ५ मा कांग्रेसका अमरबहादुर शेरवुजा ४४५ मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुनुभएको छ ।