अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संखुवासभाको भोटखोलामा एमाले निर्वाचित

संखुवासभाको भोटखोलामा एमाले निर्वाचित


सङ्खुवासभा – सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका छन् । एमालेका वाङ छेदर भोटे एक हजार ८०३ मत प्राप्त गरी प्रतिस्पर्धी नेकपा ९एकीकृत समाजवादी०का चुङदाक भोटेलाई ३८७ मतान्तरले पराजित गर्दै भोटखोलाको अध्यक्ष विजयी हुनुभएको हो ।

त्यस्तै उपाध्यक्षमा एमालेकै साहना लामा विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका डुक्पा थिकेपा भोटेलाई २५५ मतान्तरले पछि पार्दै उपाध्यक्ष पदमा विजयी हुनुभएको हो । भोटखोलामा यसअघि अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको थियो ।